काठमाडौं । पछिल्लो एक महिनामा नेपाल प्रहरीका २३ जना सम्पर्कविहीन भएका छन् । प्रहरी प्रधान कार्यालयले सम्पर्कबिहिन भएका २३ कर्मचारीलाई सात दिनभित्र हाजिर हुन आउन निर्देशन दिएको छ।
प्रहरी प्रधान कार्यालय नक्सालले मंगलबार सूचना जारी गरी आफूखुशी गैरहाजिर रहेका र खोजी गर्दा समेत सम्पर्कमा नआएका २३ जनालाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो।
लामो समयसम्म गैरहाजिर हुनेमा प्रहरी कार्यालय सहायकदेखि सहायक निरीक्षकसम्मका कर्मचारी रहेको सूचनामा जनाइएको छ। सात दिनभित्र हाजिर नभए उनीहरूलाई सेवाबाट हटाउने चेतावनी नेपाल प्रहरीले सूचनामा दिइएको छ ।
