चलचित्र भवनमा ‘परिवर्तन’

चलचित्र भवनमा ‘परिवर्तन’

आइतवार, माघ ११ २०८२
आइतवार, माघ ११ २०८२
  • चलचित्र भवनमा ‘परिवर्तन’
    काठमाडौँ । यही माघ ९ गतेदेखि प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘परिवर्तन’ ले मनोरञ्जनसँगै देश परिवर्तनको विषयलाई उठान गरेको कलाकारहरूले बताएका छन् । काठमाडौँ उपत्यकाका चलचित्र भवनमा दर्शक प्रतिक्रिया लिन पुग्नुभएका अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री अञ्जना बराइलीले चलचित्र हेर्नुभएका दर्शकबाट सकारात्मक प्रतिक्रिया आएको बताए । 
     
    अभिनेता श्रेष्ठले द्वन्द्वका दृश्यमा गरिएको मेहनतको प्रशंसा हुँदा छायाङ्कनको दुःखलाई बिर्साएको बताउनुभयो । उनले भने, “हामीले चलचित्रको कथासँगै द्वन्द्वमा निकै मेहनत गरेका थियौँ । हाम्रो सीमित स्रोत र साधनले गरिएको कामले कस्तो प्रतिक्रिया पाउने हो भन्ने लागेको थियो, दर्शकको प्रतिक्रियाले मेहनतको फल पाएँ झैँ लागेको छ । यसले देशको अहिलेको परिस्थितिलाई पनि चित्रण गरेको छ ।”
     
    उनले समसामयिक विषयलाई चलचित्रको कथा बनाइएको जानकारी दिए । चलचित्रमा सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी, सुवास मेचेलगायत कलाकारले अभिनय गरेका छन्। दीपक सिवाकोटीले निर्माण गर्नुभएको उक्त चलचित्रमा पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका छन्। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij