सशस्त्र प्रहरीका डिएसपी कोइरालाको निधन

सशस्त्र प्रहरीका डिएसपी कोइरालाको निधन

बिहिवार, पौष १७ २०८२
बिहिवार, पौष १७ २०८२
  • सशस्त्र प्रहरीका डिएसपी कोइरालाको निधन

    काठमाडौँ । सशस्त्र प्रहरी बलका एक डिएसपीको बुधबार मृत्यु भएको छ ।  इलामको पशुपतिनगर गुल्ममा कार्यरत डीएसपी प्रकाश कोइरालाको मृत्यु भएको हो । 

    बुधबार साँझ ६ बजे एपीएफ अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको जनाइएको छ । बुधबार उनी नेपाल–भारत सीमा क्षेत्रको माने भञ्ज्याङमा पट्रोलिङ गरेर फर्किएका थिए । 

    पट्रोलिङबाट फर्किएपछि कार्यालयमै ढलेका उनलाई तत्कालै हेलिकप्टरबाट काठमाडौँ ल्याइएको थियोे । सशस्त्र प्रहरी बल प्रधान कार्यालयका अनुसार उनी एक महिनाअघि मात्रै पशुपतिनगरमा सरुवा भएर गएका थिए । 

    हृदयाघातका कारण  उनको मृत्यु भएको सशस्त्र प्रहरी अस्पतालले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij