पूर्वमन्त्री गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने  आदेश

पूर्वमन्त्री गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने  आदेश

बुधवार, पौष १६ २०८२
बुधवार, पौष १६ २०८२
  • पूर्वमन्त्री गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने  आदेश

    काठमाडौ । विशेष अदालतले पूर्व संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने  आदेश दिएको छ। बुधबार विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले पूर्वमन्त्री गुप्तालाई थुनामा पठाउन आदेश दिएको हो।  

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोजमा पूर्व मन्त्री गुप्ता र पूर्व भूमि व्यवस्थामन्त्री रञ्जिता श्रेष्ठविरुद्ध मुद्दा दायर भएको थियो। कास्की मालपोत कार्यालय पोखराका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीको सरुवा थमौतीका लागि बिचौलियासँग घुस डिल गरेको अडिओ सार्वजनिक भएपछि अख्तियारले सो मुद्दाको अनुसन्धान अघि बडाएको थियो। 

    मुद्दामा मालपोत अधिकृतको सरुवा थमौतीमा ५३ लाख र भूमि आयोग कास्कीको अध्यक्ष नियुक्तिमा २५ लाख रुपैयाँ घुस लेनदेन भएको अख्तियारको दाबी छ। अडिओ सार्वजनिक भएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको दवावमा गुप्ताले राजीनामा दिएका थिए। गुप्ता र श्रेष्ठविरुद्ध ७८ लाख रुपैयाँ बिगो कायम गरिएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij