वीर अस्पतालमा पहिलो पटक १०३ वर्षीया वृद्धाको शल्यक्रिया

वीर अस्पतालमा पहिलो पटक १०३ वर्षीया वृद्धाको शल्यक्रिया

बुधवार, पौष १६ २०८२
बुधवार, पौष १६ २०८२
  • वीर अस्पतालमा पहिलो पटक १०३ वर्षीया वृद्धाको शल्यक्रिया

    काठमाडौं । वीर अस्पतालमा पहिलो पटक १०३ वर्षीया वृद्धाको शल्यक्रिया गरिएको छ। काठमाडौंको कोटेश्वर निवासी १०३ वर्षीया वृद्धाको दुर्लभ न्यूरोसर्जिकल शल्यक्रिया गरिएको हो।  

    मस्तिष्कमा ठूलो रक्तस्राव (ब्रेन हेमरेज) भएकी बृद्वाको न्यूरो शल्यचिकित्सक प्राडा राजिव झाको टोलीले शल्यक्रिया गरेको हो।  डा झाले जोखिम मोलेरै १०३ वर्षीया वृद्धाको पहिलो पटक शल्यक्रिया गरेको र त्यो सफल भएको बताए। 

    शल्यक्रिया नगर्दा तत्काल बिरामीको मृत्यु हुने देखेपछि जोखिम मोलेर नै शल्यक्रिया गर्ने निर्णय गरेको डा झाले बताए । यसअघि नेपालमा यो उमेर समूहका कसैको पनि शल्यक्रिया नभएकाले यो नै पहिलो न्यूरोशल्यक्रिया भएको झाको भनाइ छ । 

    शल्यक्रियापछि बिरामीको अवस्थामा उल्लेखनीय सुधार देखिएको अस्पतालले जनाएको छ। अस्पतालले जारी गरेको विज्ञप्तिमा एक महिनादेखि टाउको दुख्ने र पटक–पटक लड्ने समस्या देखिएकोमा परिवारले यसलाई अत्यधिक उमेर र सामान्य कमजोरीका कारण भएको ठानेको थियो। 

    दुई दिनसम्म लगातार अचेत भएपछि वीर अस्पताल ल्याइएकी थिइन । १०० वर्षभन्दा बढी उमेरका व्यक्तिमा सफल मस्तिष्क शल्यक्रिया हुनु विश्वमै अत्यन्तै दुर्लभ मानिने चिकित्सकहरू बताउँछन्।

    e2aebe0a-c8e0-4e13-9f13-88e6f5ec32ec (1).jfif

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij