आज तमु ल्होसार मनाइदै, देशभर सार्वजनिक बिदा

आज तमु ल्होसार मनाइदै, देशभर सार्वजनिक बिदा

मंगलवार, पौष १५ २०८२
मंगलवार, पौष १५ २०८२
  • आज तमु ल्होसार मनाइदै, देशभर सार्वजनिक बिदा

    काठमाडौँ । गुरुङ समुदायको महान् चाड तथा नयाँ वर्ष तमु ल्होसार आज मनाइदैछ । सोहि अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै यो पर्व भव्य रुपमा मनाउँने गर्छन्।

    ल्हो को अर्थ वर्ष र सारको अर्थ फेरिनु हुने भएकाले वर्ष फेरिने यस दिनलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्यताका साथ मनाउने गर्दछन्। यो पर्व विशेष गरी सूर्यको किरणसँग सम्बन्धित छ। पुस १५ गतेको रात वर्षकै सबैभन्दा लामो हुने र यसपछि क्रमशः दिन लम्बिँदै जाने भएकाले यसको प्राकृतिक एवं सांस्कृतिक महत्त्व रहेको छ।

    ल्होसारको अवसरमा काठमाडौँको टुँडिखेलमा गुरुङ समुदायले विशेष सांस्कृतिक महोत्सवको आयोजना गरेका छन्। महोत्सवमा परम्परागत वेषभूषामा सजिएका मानिसहरूको सांस्कृतिक झाँकी, मौलिक नाच र विशेष परिकारहरूको प्रदर्शनी भइरहेको छ। 

    ल्होसारको अवसरमा राष्ट्रपति, प्रधानमन्त्री र विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामना सन्देश जारी गर्दै यस पर्वले आपसी सद्भाव र राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij