डुबेर तीन वर्षीय बालकको निधन

डुबेर तीन वर्षीय बालकको निधन

सोमवार, पौष १४ २०८२
सोमवार, पौष १४ २०८२
  • डुबेर तीन वर्षीय बालकको निधन

    भद्रपुर (झापा) । झापा गाउँपालिका–२ सडकबारीमा खेल्ने क्रममा पानी जमेको खाल्डोमा डुबेर तीन वर्षीय बालक दिवाङस कँडेलको मृत्यु भएको छ । आइतबार आफ्नै घर अगाडि रहेको पानी जमेको खाल्डोमा खेल्ने क्रममा बालक डुबेर गम्भीर घाइते भएका थिए । घाइते बालकलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएकोमा उपचारकै क्रममा आइतबार नै चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

    बालकको शव हाल सोही अस्पतालमा राखिएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij