काठमाडौँ। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधन भएको छ। काठमाडौँको ह्याम्स अस्पतालमा शनिबार साँझ उपचारका क्रममा उनको निधन भएको हो ।
२०५६ सालमा शिक्षामन्त्री भएका उपाध्याय लामो समयदेखि मुखको क्यान्सरबाट पीडित थिए।पटकपटक कांग्रेसको केन्द्रीय सदस्य भएका उपाध्याय प्रतिनिधि सभा र राष्ट्रिय सभामा मोरङबाट प्रतिनिधित्व गरेर सांसद समेत भएका थिए।