आजको मौसम : कुन प्रदेशको मौसम कस्तो छ ?

आजको मौसम : कुन प्रदेशको मौसम कस्तो छ ?

आइतवार, मंसिर २८ २०८२
आइतवार, मंसिर २८ २०८२
  • आजको मौसम : कुन प्रदेशको मौसम कस्तो छ ?

    काठमाडौं । हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    जसको प्रभावले गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । 

    आज दिउसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

    आज राति लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसमले जनाएको छ ।

    आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ ।

    आज बिहान पौने ६ बजे गरेको मापनमा न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस र अधिकतम तापक्रम १९ डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij