रहेनन् मूर्तिकार बालकृष्ण तुलाधर

रहेनन् मूर्तिकार बालकृष्ण तुलाधर

बिहिवार, मंसिर २५ २०८२
बिहिवार, मंसिर २५ २०८२
  • रहेनन् मूर्तिकार बालकृष्ण तुलाधर
    काठमाडौँ । मूर्धन्य मूर्तिकार बालकृष्ण तुलाधरको ९१ वर्षको उमेरमा आज निधन भएको छ । सहिदगेटमा स्थापित राजा त्रिभुवनको शालिकलगायत सहिद गङ्गालाल, दशरथचन्द, धर्मभक्त र शुक्रराजको शालिक तथा त्यहाँ रहेका चारवटा तस्बिर उनहाँका सिर्जना हुन् ।
     
    त्यसैगरी, टुँडिखेलको सैनिक मञ्चमा रहेका छ जना सिपाहीको शालिक, बनेपा चौबाटोमा रहेको त्रिभुवनको शालिक, शोभाभगवतीमा रहेको अर्धकदको गणेशमान सिंहको शालिक तथा त्रिमूर्ति लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौडेल र वालकृष्ण सम०का शालिक उहाँका कलाकारिताका नमूना हुन् ।
     
    विसं १९९२ मा काठमाडौँको यट्खा टोलमा जन्मेका तुलाधरका चार छोरा र तीन छोरी हुनुहुन्छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij