प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई थुनामा पठाउने अदालतको आदेश

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई थुनामा पठाउने अदालतको आदेश

आइतवार, मंसिर २१ २०८२
आइतवार, मंसिर २१ २०८२
  • प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई थुनामा पठाउने अदालतको आदेश

    काठमाडौं ।  नागरिक उड्डयन प्राधिकरणका (क्यान) महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । 

    विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अधिकारीलाई थुनामा पठाउने आदेश जारी गरेको हो ।

    हेलिपोर्ट निर्माणमा साढे १३ करोड भ्रष्टाचार गरेको कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधबार अधिकारीसहित सातजनाविरुद्ध मुद्दा दायर गरेको थियो । उनीहरूविरुद्ध हेलिपोर्ट निर्माण गर्दा १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँबराबरको सार्वजनिक सम्पत्ति हानि–नोक्सानी गरी भ्रष्टाचार गरेको कसुर रहेको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij