हेटौंडामा अतिक्रमित संरचना हटाउन बिहानैदेखि डोजर चल्यो

हेटौंडामा अतिक्रमित संरचना हटाउन बिहानैदेखि डोजर चल्यो

शनिवार, मंसिर २० २०८२
शनिवार, मंसिर २० २०८२
  • हेटौंडामा अतिक्रमित संरचना हटाउन बिहानैदेखि डोजर चल्यो

    बागमती । बागमती प्रदेशको राजधानी रहेको हेटौंडाको मुख्य सडक विस्तारका लागि आज बिहानदेखि सडक सीमाभित्रका भौतिक संरचनाहरू भत्काउन सुरु गरिएको छ । 

    सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि जेसिबी प्रयोग गरेर हेटौंडाको मुख्य बजार क्षेत्रको २५/२५ गज विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु गरेको हो । पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१० राप्ती रोडमा जेसिबी प्रयोग गरी भौतिक संरचनाहरू हटाउन सुरु गरिएको सडक डिभिजन कार्यालय हेटौंडाका गुरूप्रसाद अधिकारीले जानकारी दिए ।

    पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौंडाको रातमाटेदेखि बुद्धचौक हुँदै राप्ती खोला पुलसम्म तथा त्रिभुवन राजपथअन्तर्गत बुद्धचौकदेखि सामरी पुलसम्मको सडकखण्डमा सडकको मध्य भागबाट दायाँबायाँ २५/२५ गजभित्र निर्माण भएका स्थायी र अस्थायी घर टहरा तथा अन्य संरचनाहरू १५ दिनभित्र हटाउन सडक डिभिजन कार्यालय हेटौँडाले गत मङ्सिर ५ गते सार्वजनिक सूचना जारी गरेको थियो । 

    तोकिएको समय सीमाभित्र धनीले त्यस्तो भौतिक संरचना नहटाएकाले कार्यालयले डोजर प्रयोग गरेर संरचनाहरू हटाउन थालिएको प्रमुख अधिकारीले बताए । सडक खाली गराउने क्रममा स्थानीयबाट अबरोध हुन सक्ने सम्भावना रहेकाले सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij