एनपिएल : विराटनगरले लुम्बिनीलाई दियो १४५ रनको लक्ष्य

एनपिएल : विराटनगरले लुम्बिनीलाई दियो १४५ रनको लक्ष्य

बुधवार, मंसिर १७ २०८२
बुधवार, मंसिर १७ २०८२
  • एनपिएल : विराटनगरले लुम्बिनीलाई दियो १४५ रनको लक्ष्य

    काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किङ्सले लुम्बिनी लायन्सलाई १४५ रनको लक्ष्य दिएको छ ।

    त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४४ रन बनायो । जसमा लोकेश बमले सर्वाधिक ३५, बसिर अहमदले २८, साम हिजलेटले २७ रन जोडे ।

    सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले पाँच खेलबाट आठ अङ्क जोडेको छ । आजको खेल जितेर एक खेल अगावै प्लेअफ जित्ने लक्ष्य विराटनगरको हुनेछ । 

    यता रोहितकुमार पौडेलले नेतृत्व सम्हालेको लुम्बिनीले भने पाँच खेलबाट दुई खेल मात्रै जितेको छ । प्लेअफको सम्भावना जीवित राख्न लुम्बिनीलाई आजको खेल जित्नुपर्ने दबाब छ । 

    जारी प्रतियोगितामा सुदूरपश्चिम रोयल्स प्लेअफ पुग्ने पहिलो टोली बनेको छभने बाहिरिनेमा कर्णाली याक्स रहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij