तिलागुफा नगरपालिकालाई रेडक्रसद्वारा विपद व्यवस्थापन सम्बन्धी सामग्री सहयोग

तिलागुफा नगरपालिकालाई रेडक्रसद्वारा विपद व्यवस्थापन सम्बन्धी सामग्री सहयोग

बुधवार, मंसिर १७ २०८२
बुधवार, मंसिर १७ २०८२
  • तिलागुफा नगरपालिकालाई रेडक्रसद्वारा विपद व्यवस्थापन सम्बन्धी सामग्री सहयोग

    कालिकोट । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा, कालिकोटले विभिन्न स्वास्थ्य तथा विपद व्यवस्थापन सम्बन्धी सामग्रीहरु तिलागुफा नगरपालिकालाई हस्तान्तरण गरेको छ । मंगलबार नगरपालिका परिसरमा आयोजित एक कार्यक्रमका बिच जिल्ला शाखाका कोषाध्यक्ष कुलमान शाहीले नगरप्रमुख शंकर प्रसाद उपाध्यायलाई हस्तान्तरण गरेका हुन् ।

    591336407_1866725470609626_2568818558150870160_n.jpg

    शाहीले हस्तान्तरण गरेका सामग्रीहरुमा १२ केजीको वासिङ मेसिन, इलेक्टृक हिटर २ थान, ३ सिटर चेयर ३ थान, वाटर डिस्पेन्सर, स्ट्रेचर ४० थान, अग्नि सामक यन्त्र २ थान रहेका छन् । यी सामग्री नगरपालिकाका स्वास्थ्य केन्द्रहरुका लागि हस्तान्तरण गरिएको हो ।

    589922120_1360724742219117_6460237612633722946_n.jpg

    त्यसैगरी स्थानिय आपतकालीन कार्यसञ्चालन केन्द्रलाई पनि शाखाले खोज उद्दार तथा प्राथमिक उपचार सामग्री हस्तान्तरण गरेको छ । सोही कार्यक्रममा नगरका ११ माध्यमिक विद्यालयका जुनियर रेडक्रस सोसाइटीलाई प्राथमिक उपचार सामग्री हस्तान्तरण गरेको छ ।

    590509010_1019146877071279_3348121710457986986_n.jpg

    589965176_1362558182001436_4608647697991302951_n.jpg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij