एम्बुलेन्स दुर्घटना : घाइते दुवैलाई हेलिकप्टरमार्फत काठमाडौँ पठाइयो

एम्बुलेन्स दुर्घटना : घाइते दुवैलाई हेलिकप्टरमार्फत काठमाडौँ पठाइयो

मंगलवार, मंसिर १६ २०८२
मंगलवार, मंसिर १६ २०८२
  • एम्बुलेन्स दुर्घटना : घाइते दुवैलाई हेलिकप्टरमार्फत काठमाडौँ पठाइयो
    टक्सार (भोजपुर) । यहाँको हतुवागढी गाउँपालिका–६ होम्ताङमा आज भएको एम्बुलेन्स दुर्घटनाका घाइते दुवै जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको छ । 
     
    दुर्घटनामा सवारी चालक सोही वडाका सञ्जीव राई र गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख जयकुमार राई गम्भीर घाइते भएका थिए । प्रदेश १–०२–००१ झ ०७३७ नम्बरको हतुवागढी गाउँपालिकाको एम्बुलेन्स बिरामीलाई होम्ताङ पु¥याएर घोडेटार फर्किने क्रममा दुर्घटना भएको इलाका प्रहरी कार्यालय घोडेटारले जनाएको छ । 
     
    घाइतेलाई हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौँ पठाइएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij