सप्तकोसी किनारबाट १६४ केजी गाँजा बरामद

सप्तकोसी किनारबाट १६४ केजी गाँजा बरामद

बुधवार, चैत्र ७ २०८०
बुधवार, चैत्र ७ २०८०
  • सप्तकोसी किनारबाट १६४ केजी गाँजा बरामद

    काठमाडौं । सशस्त्र प्रहरीले सप्तकोसी नदीमा डुंगामा लैजादै गरेको १ सय ६४ किलो गाँजा मध्यरातमा बरामद गरेको छ । बुधबार बिहान १ः३५ बजेको समयमा सुनसरीको बराहक्षेत्र नगरपालिका (१ स्थित सप्तोकोशी नदीको किनारमाबाट गाँजा बरामद गरेको हो ।

    ५र ६ जना व्यक्तिहरुले डुङ्गाबाट निकाल्दै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस चतराले गाँजा बरामद गरेको सुरक्षा बेस चतराले जनाएको छ । रातको समय भएकोले डुंगा लिई ब्यक्तिहरु फरार भएको र उक्त गाँजा नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीको लागि ईलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाईएको छ । सशस्त्र प्रहरी बल नेपाल नं ४ गणबाट फाल्गुन १ गते देखि हालसम्म १ एम्बुलेन्ससहित ५६४.४७५ किलो गाँजा बरामद भएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij