नारायणघाट–बुटबल सडक दुई महिनासम्म एकतर्फी

नारायणघाट–बुटबल सडक दुई महिनासम्म एकतर्फी

सोमवार, कार्तिक १७ २०८२
सोमवार, कार्तिक १७ २०८२
  • नारायणघाट–बुटबल सडक दुई महिनासम्म एकतर्फी

    काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गतको नारायणघाट–बुटबल सडक खण्ड झण्डै दुई महिनासम्म एकतर्फी सञ्चालन हुने भएको छ ।

    नारायणघाट–बुटबल सडक आयोजनाले सोमबार एक सूचना जारी गर्दै पुष १५ गतेसम्म सडक एकतर्फी मात्र सञ्चाल हुने जनाएको हो ।

    केहीदिन अघि आकस्मिक रूपमा भएको निरन्तर वर्षात्ले निर्माणाधीन नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा सडक चिप्लो भई यातायात आवागमनमा कठिनाई भएको तथा आगामी दिनहरूमा पुनस् वर्षात् भएमा थप समस्या हुने भन्दै झण्डै दुई महिना एकतर्फी सञ्चालन हुने सूचनामा उल्लेख गरिएको छ ।

    यो अवधिमा कलभर्टहरू निर्माणाधीन भई एकतर्फी सडक सञ्चालन भइरहेको स्थानमा सवारी साधनहरू सञ्चालनमा थप कठिनाई हुने सम्भावना रहेको बताइएको छ । त्यसैले उक्त कल्भर्टहरूको निर्माण कार्य सम्पन्न नहुन्जेल अर्थात कम्तिमा पुष १५ गतेसम्म सडक पूर्ण रुपमा सञ्चालन नहुने सूचनामा उल्लेख छ ।

    सडक आयोजनाले दाउन्नेको बैकल्पिक मार्ग प्रयोग गर्न पनि सबैसित आग्रह गरेको छ । यात्रा गर्दा जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय दुम्किवाससँग समन्वय गर्न सडक आयोजनाको आग्रह छ । बाटो असहज हुँदा सवारी साधनको बाक्लो जाम हुने गरेको छ । 

    यो सडक खण्डमा यात्रा गर्नु अघि सडकको अवस्थाबारे सही तथा अद्यावधिक जानकारी प्राप्त गरेर मात्र यात्रा गर्न पनि सडक आयोजनाले सबैसित अनुरोध गरेको छ ।

    दुईदिन अघिसम्म परेको झरीका कारण दाउन्ने सडक खण्ड निरन्तर अवरोध भइरहेको छ । जसका कारण यात्रुले १४ किलोमिटरको दाउन्ने खण्ड पार गर्न घण्टौं लाग्ने गरेको गुनासो गरेका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij