आज देशभर बदली, यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

आज देशभर बदली, यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

सोमवार, कार्तिक १० २०८२
सोमवार, कार्तिक १० २०८२
  • आज  देशभर बदली, यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । यसको असरले आज देशभरको मौसममा बदली रहने मौसम पूर्वानुमान महाशाखाको मौसम विश्लेषणमा उल्लेख छ ।

    बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू-भागमा साधारणतया बदली रहनेछ । बाँकी तराई भू-भागमा आंशिक बदली रहने छ ।

    सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ ।

    आज राति पनि बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी तराई भू-भागमा आंशिक बदली रहने छ ।

    गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी तथा हिमाली भू-भागका एक(दुई स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij