नेपाल प्रहरीका पाँच एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस

नेपाल प्रहरीका पाँच एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस

सोमवार, कार्तिक १० २०८२
सोमवार, कार्तिक १० २०८२
  • नेपाल प्रहरीका पाँच एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस

    काठमाडौं ।  नेपाल प्रहरीका पाँच प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

    गृह मन्त्रालय बढुवा समितिको सचिवालयको आज बसेको बैठकले नेपाल प्रहरी जनपद समूह तर्फका पाँच एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस गरेको हो ।

    बढुवाको सिफारिस हुनेमा भूपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल र अभि नारायण काफ्ले हुनुहुन्छ ।

    उनीहरूलाई प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) बमोजिम बढुवा गरिएको बढुवा समितिका सदस्यसचिव एवम् प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) राजन अधिकारीले जानकारी दिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij