मन्त्री गुप्ताद्वारा पदबहाली, को हुन् बब्लु गुप्ता ?

मन्त्री गुप्ताद्वारा पदबहाली, को हुन् बब्लु गुप्ता ?

आइतवार, कार्तिक ९ २०८२
आइतवार, कार्तिक ९ २०८२
  • मन्त्री गुप्ताद्वारा पदबहाली, को हुन् बब्लु गुप्ता ?

    काठमाडौं ।  नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आज आफ्नो पदबहाली गरेका छन् । 

    सिहंदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री गुप्ताले पदभार ग्रहण गर्दै आगामी दिनमा युवा तथा खेलकुद मन्त्रालयअन्र्तगतका सबै निकायका सबै बैठकको प्रत्यक्ष प्रशारण गर्ने निर्णयमा हस्ताक्षरसमेत गरे । उनले खेलकुद क्षेत्रको विकासका लागि बोलेरभन्दा पनि काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे । 

    सिरहाको लहान घर भएका मन्त्री गुप्ता जेन्जी आन्दोलनको अगुवा समेत छन् । उनी सामाजिक कार्यमा पनि उतिकै सक्रियछन् । मन्त्री गुप्ताले कोभिड–१९ को समयमा निशुल्क खाना खुवाउने अभियान चलाएका थिए । त्यसैगरी उनले ‘हन्ड्रेड ग्रुप’मार्फत विद्यार्थीलाई पढाउँदै आएका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij