मानव तस्करीको आरोपमा धादिङका दुईजना पक्राउ

मानव तस्करीको आरोपमा धादिङका दुईजना पक्राउ

बुधवार, फाल्गुण ३० २०८०
बुधवार, फाल्गुण ३० २०८०
  • मानव तस्करीको आरोपमा धादिङका दुईजना पक्राउ

    काठमाडौं । धादिङ त्रिपुरासुन्दरी ४ घर भई हाल जिल्ला काठमाण्डौं १६ माछापोखरी बस्ने ३४ की नुरमाया नाम बताउने लक्ष्मी भन्ने बबि श्रेष्ठ र भविलाल थापा मानव तस्करीमा संलग्न भएको आसङ्कामा प्रहरीले पक्राउ गरेको छ ।

    बबि श्रेष्ठ र भविलाल थापाले सेटिङ मिलाई ३ जना महिलालाई भिजिट भिषामा दुबई पठाईदिन्छु भनी प्रतिव्यक्ति २ लाख लिई दुबई पठाउन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थापा वमान स्थलबाटै पक्राउ परेका हुन् ।

    अनुसन्धानक्रममा भविलाल थापाले नुरमाया नाम बताउने लक्ष्मी भन्ने बबि श्रेष्ठले सेटिङ मिलाउने गरेको र पिडित महिलाहरुलाई भिजिट भिषामा पठाएर दुबई पुर्याई घरेलु कामदारको रुपमा काम लगाउने आश्वासन दिएर पिडितहरुबाट उक्त रकम लिएको खुल्न आएको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij