बाबुको हत्या अभियोगमा छोरा र बुहारी पक्राउ

बाबुको हत्या अभियोगमा छोरा र बुहारी पक्राउ

बुधवार, फाल्गुण ३० २०८०
बुधवार, फाल्गुण ३० २०८०
  • बाबुको हत्या अभियोगमा छोरा र बुहारी पक्राउ

    नुवाकोट । नुवाकोटमा बाबुको हत्या अभियोगमा छोरा र बुहारी पक्राउ परेका छन् । जिल्लाको किस्पाङ गाउँपालिका–५ पोखरीगाउँका भरतबहादुर नेपालीको हत्या अभियोगमा उनका छोरा र बुहारी पक्राउ परेका हुन् । पचपन्न वर्षीय नेपालीको गत बिहीबार मध्यरातमा भएको हत्यामा संलग्न रहेको अभियोगमा मङ्गलबार उनका छोरा र बुहारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    पक्राउ पर्नेमा १७ वर्षीय युवक र उनकी श्रीमती ३७ वर्षीया जमुना नेपाली रहेका छन् । बाबु  छोराबीच फागुन २५ गते रातको समयमा घरायसी विषयमा भएको विवादमा १७ वर्षीय युवक र उनकी श्रीमतीले  ‘ढोकामा लगाउने आग्लोले टाउकामा प्रहार गरी घाँटी थिचेर हत्या गरेको’ प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ ।

    शव परीक्षण प्रतिवेदन र अभियुक्तहरूको बयानका आधारमा उनीहरूको संलग्नता पाइएकाले मुलुकी अपराध संहिता, २०७४ को ज्यानसम्बन्धी कसुरमा कारबाहीका लागि अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । अभियुक्तहरुले आफूहरूले भनेका विषयमा बाबुबाट असहयोग हुने गरेपछि हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेको बताइएको छ । युवकले दुई वर्षअघि जमुनासँग विवाह गरेपछि बाबुसँग विवाद उत्पन्न हुँदै आएको प्रहरीसमक्ष बयान दिएका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij