प्राडा श्रेष्ठका ‘अकथ्यको प्रतिध्वनि’ र ‘आफूलाई भुलाई’ सार्वजनिकीकरण

प्राडा श्रेष्ठका ‘अकथ्यको प्रतिध्वनि’ र ‘आफूलाई भुलाई’ सार्वजनिकीकरण

आइतवार, आषाढ २९ २०८२
आइतवार, आषाढ २९ २०८२
  • प्राडा श्रेष्ठका ‘अकथ्यको प्रतिध्वनि’ र ‘आफूलाई भुलाई’ सार्वजनिकीकरण

    काठमाडौँ । वरिष्ठ बाल नेत्ररोग विशेषज्ञ प्रा डा सविना श्रेष्ठद्वारा रचना गरिएका ‘अकथ्यको प्रतिध्वनि’ र ‘आफूलाई भुलाई’ सार्वजनिकीकरण गरिएको छ । नेपाली ,अङ्ग्रेजी र नेपाल भाषामा रचना गरिएको अकथ्यको प्रतिध्वनि भित्र १०२ कैदीहरुको आत्मकथालाई जीवन्त रुपमा उतारिएको छ भने  ‘आफूलाई भुलाई’ कविता सङ्ग्रहभित्र विभिन्न ३४ कविता समावेश गरिएका छन् । 
      

    पूर्वप्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ,साहित्यकार शङ्करप्रसाद कोइराला लगायतले संयुक्त रूपमा  ती कृतिको शनिबार विमोचन गरेका छन् । 

    पूर्वप्रधानन्यायाधीश श्रेष्ठले विमोचित पुस्तकले नेपाली साहित्य क्षेत्रमा नयाँ इँटा थपिएको बताए ।  नेपाल नेत्रज्योति संघका  कार्यकारी निर्देशक एवं वरिष्ठ साहित्यकार डा शैलेशकुमार मिश्रका अनुसार   प्रा डा सविना श्रेष्ठद्वारा रचना गरिएका कृतिभित्र   जीवन, जगत्, मानिस, माया र सम्बन्धका विभिन्न आयामलाई सुक्ष्म रुपमा सटिक रुपमा चित्रण गरिएका हुन्छन् । 

    नेपाल नेत्रज्योति संघको केन्द्रिय सदस्य डा श्रेष्ठको यसअघि ‘जिन्दगी एक प्रश्न चिह्न’ (२०४४), ‘मनको स्पर्श’(२०५८) र नेपाल भाषामा एउटा कविता सङ्ग्रह ‘सविना श्रेष्ठया चिनाखँ’ (२०८०)कविता सङ्ग्रह प्रकाशित भइसकेका छन् । यस्तै उनले पूर्वप्रशासक विश्वमान श्रेष्ठको जीवनीमा आधारित पुस्तक ‘एउटा जीवन छामेर हेर्दा’ (२०८०) प्रकाशित गरेका छन् ।  चित्रकला र गायनमा  सक्रिय डा श्रेष्ठ बाल नेत्ररोग विशेषज्ञ छन्  । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij