भक्तपुरको राधेराधेमा आजबाट फिस टनेल एक्स्पो सुरु

भक्तपुरको राधेराधेमा आजबाट फिस टनेल एक्स्पो सुरु

बिहिवार, जेठ २९ २०८२
बिहिवार, जेठ २९ २०८२
  • भक्तपुरको राधेराधेमा आजबाट फिस टनेल एक्स्पो सुरु

    भक्तपुर । आज शुक्रबार (जेठ ३० गते)देखि भक्तपुरको राधेराधेमा ‘फिस टनेल एक्स्पो २०८२’ सुरु हुने भएको छ । औद्योगिक शान्ति नेपाल संस्थाको आयोजनामा हुने यो एक्स्पो रोयल थाई हस्पिटालिटी नजिकै साउन १० गतेसम्म सञ्चालन हुनेछ ।

    संस्थाका अध्यक्ष सन्दिप महतका अनुसार, यसपटकको एक्स्पोमा नेपालमै पहिलोपटक ‘सुनामी राइड’ परीक्षणका लागि ल्याइएको छ, जसले समुद्री सुनामीको अनुभूति दिलाउनेछ ।

    एक्स्पोमा मुख्य आकर्षणको रुपमा रहेको फिस टनेलभित्र समुद्रमा पाइने १६० प्रजातिका माछा एउटै टनेलभित्र अवलोकन गर्न सकिने व्यवस्था गरिएको छ ।

    त्यस्तै, रोटे पिङ, ड्रागन, कोलम्बसजस्ता रमाइला पिङहरू पनि राखिएका छन् ।

    एक्स्पो हरेक दिन बिहान १० बजेदेखि साँझ ८ बजेसम्म सर्वसाधारणका लागि खुला रहनेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij