वीरगञ्जका मेयर राजेशमान विरुद्ध कीर्ते मुद्दा दर्ता

वीरगञ्जका मेयर राजेशमान विरुद्ध कीर्ते मुद्दा दर्ता

शुक्रवार, फाल्गुण २५ २०८०
शुक्रवार, फाल्गुण २५ २०८०
  • वीरगञ्जका मेयर राजेशमान विरुद्ध कीर्ते मुद्दा दर्ता

    वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्धको कीर्ते मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले मेयर सिंहविरुद्धको कीर्ते मुद्दा दर्ता गरेको हो । मेयर सिंहमाथि उजुरी परेको लामो समय पछि प्रहरीले मुद्दा दर्ता गरेको हो ।

     जिल्ला प्रहरी कार्यालय पर्साले बिहीबार मुद्दा दर्ता गरेर छानबिन प्रक्रिया अगाडि बढाएको जनाएको छ । गृहमन्त्री परिवर्तन भएसंगै मेयर सिंहमाथि मुुद्धा दर्ता गरिएको हो । जिल्ला सरकारी वकिलको कार्यालयबाट आएको पत्र बिहीबार दर्ता भएको प्रहरीले जनाएको छ । सो मुद्धाको दर्ता नः ८३७ रहेको बताइएको छ।

     मेयर राजेशमानले आफ्नी छोरी भन्दै एक युवती रुविनालाई नागरिकता दिलाएका थिए । आकार्की छोरीलाई किर्ते कागजात बनाई छोरी बनाएर सिंहले नागरिकता दिलाएको भन्दै कारबाहीको माग गर्दै प्रहरीमा उजुरी परेपछि मुद्दा दर्ता गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बताइएको छ । सरकारीमा वा सार्वजनिक लिखित कीर्ते गर्नेलाई सात वर्ष कैद र ७० हजार रुपैयाँसम्म जरिबाना हुुने कानुुनी व्यवस्था छ । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij