काठमाडौं । सशस्त्र प्रहरी बाराले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल सीमामा खटिएको टोलीले बिश्रामपुर गाउपालिका १ स्थित बंगरी खोला सीमा ईलाकाबाट लागुऔषध सहित एक जनालाई प्रकाउ गरेको हो ।
सशस्त्र प्रहरीको बीओपी बरैनियाबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक नारायण प्रसाद अधिकारीको नेतृत्वमा खटिएको टोलीले मोतिहारी पुर्वी चम्पारण हरपुर ग्राम पन्चायत वडा नं.२ बस्ने मेहन्द्र कुमार शाहको छोरा अन्दाजि २२ बर्षीय सोनु कुमार शाहलाई पक्राउ गरेको हो ।
उनको साथबाट २३२ बोतल प्रतिबन्धित (ओनरेक्स) लागु औषध बरामद गरेको जनाएको छ । उनीमाथि थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय कलैया, बारामा बुझाएको प्रहरीले जनाएको छ ।