काठमाडौं। सिराहाका प्रहरी प्रमुख उपरीक्षक (एसपी) रमेश पण्डित हेडक्वार्टर तानिएका छन्। दलित परिवारको घर भत्काइएको घटनालाई बेवास्ता गरेको आरोपपछि उनी प्रहरी मुख्यालय तानिएका हुन् । गृह मन्त्रालयको निर्देशनमा उनलाई स्थानान्तरण गरिएको प्रहरी श्रोतले जनाएको छ ।
सिराहामा महायज्ञ आयोजनाका लागि दलित परिवारको घर भत्काइएको घटनामा जिल्ला प्रहरी कार्यालयले ध्यान दिन नसकेको भन्दै गृह प्रशासन असन्तुष्ट थियो।
उक्त घटनामा स्थानीय तहसँग कुनै समन्वय नगरेको र मन्त्रालयलाई समेत जानकारी नदिएको कारण प्रमुख जिल्ला अधिकारी (प्रजिअ) वासुदेव दाहाललाई गृह मन्त्रालयले यसअघिनै फिर्ता बोलाएको थियो।
तर, प्रमुख जिम्मेवारी बोकेको प्रहरी प्रमुख भने जिल्लामै कायम रहनु न्यायसंगत नभएको भन्दै गृह मन्त्रालयभित्र असन्तुष्टि बढेपछि एसपी पण्डितलाई सिराहाबाट फिर्ता बोलाइएको हो ।