स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त

स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त

मंगलवार, चैत्र १२ २०८१
मंगलवार, चैत्र १२ २०८१
  • स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त

    काठमाडौं । स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त भएका छन् । मंगलबार मन्त्रीस्तरीय निर्णयबाट प्युठानका थापालाई अध्यक्षमा नियुक्त गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले जानकारी दिए ।

    बोर्डमा २०८१ भदौदेखि अध्यक्ष पद रिक्त थियो । यसअघिका अध्यक्ष डा.गुणराज लोहनीले तीन वर्ष दुई महिना कार्यकाल बाँकी रहँदै गएको भदौ २८ गते राजीनामा दिएका थिए । 

    उनलाई मंगलबार नै स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

    थापाको नियुक्तिपछि मन्त्री पौडेलले स्वास्थ्य बिमा बोर्डले गति लिने विश्वास गरे । तपाईंको नेतृत्वमा स्वास्थ्य बिमामा सुधार ल्याएर आम नागरिकको पहुँच बढाउने हाम्रो लक्ष्य प्राप्ति हुने विश्वास लिएको छु,मन्त्री पौडेलले भने ।

    नवनियुक्त अध्यक्ष थापा यसअघि बोर्डको सदस्य रहिसकेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij