सन् २०२५ मा एसियाको जीडीपी ४.५ प्रतिशतले बढ्ने अनुमान

सन् २०२५ मा एसियाको जीडीपी ४.५ प्रतिशतले बढ्ने अनुमान

मंगलवार, चैत्र १२ २०८१
मंगलवार, चैत्र १२ २०८१
  • सन् २०२५ मा एसियाको जीडीपी ४.५ प्रतिशतले बढ्ने अनुमान

    काठमाडौं । बोआओ फोरमले मंगलबार जारी गरेको गरेको प्रतिवेदनमा सन् २०२५ मा एसियाको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धि दर ४.५ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

    प्रतिवेदनअनुसार सन् २०२४ मा यस क्षेत्रको जीडीपी चार दशमलव चार प्रतिशतले वृद्धि भएको थियो । बढ्दो विश्वव्यापी आर्थिक अनिश्चितताका बावजुद, एसिया विश्व अर्थतन्त्रका लागि प्रमुख वृद्धिको इन्जिनका रुपमा रहेको प्रतिवेदनले उल्लेख गरेको छ ।

    ‘एसियन इकोनमिक आउटलुक एन्ड इन्टिग्रेसन प्रोग्रेस’ प्रतिवेदनमा सन् २०२४ मा जीडीपीको अनुपात र क्रय शक्ति समानतामा विश्वको कुल जीडीपीमा एसियाको जीडीपी  ४८.१ प्रतिशतबाट बढेर सन् २०२५ मा ४८.६ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

    यसैगरी एसियामा सन् २०२५ मा बेरोजगारी दर ४‍.३९ प्रतिशत हुने अनुमान गरिएको छ । यो विश्वव्यापी बेरोजगार दर ४‍‍.९६ प्रतिशतभन्दा कम हो ।


       

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij