यातायात कार्यालय विराटनगरबाट १२ जना बिचौलिया पक्राउ

यातायात कार्यालय विराटनगरबाट १२ जना बिचौलिया पक्राउ

मंगलवार, चैत्र १२ २०८१
मंगलवार, चैत्र १२ २०८१
  • यातायात कार्यालय विराटनगरबाट १२ जना बिचौलिया पक्राउ

    काठमाडौं । मोरङमा यातायात कार्यालय विराटनगरबाट बिचौलिया काम गर्ने १२ जना पक्राउ परेका छन्।

    विराटनगर महानगरपालिका वडा नम्बर ४ स्थित यातायात कार्यालय विराटनगर अगाडि बिचौलियाको रूपमा  काम गर्ने, सर्वसाधारण मानिसलाई प्रलोभनमा पारी दुस्ख दिने, हैरानी दिनेलाई पक्राउ गरिएको हो। 

    पक्राउ पर्नेहरूमा विराटनगर–३ बस्ने सञ्जीव कोइराला, राजेश खड्का, गौरव कुमार माझी, राजु कोइराला, दुहबी  नगरपालिकाका युवराज लम्साल, विराटनगर–५ बस्ने अनिल बस्नेत,   विराटनगर ४ बस्ने राजीव मण्डल, सुनसरीको बर्जु गाउँपालिका बस्ने प्रवीण कुमार थन्दार,  कटहरी गाउँपालिका–१ बस्ने भागवत राजवंशी ,  बुढिगंगा गाउँपालिका–२ बस्ने उदय कार्की, बुढिगंगा –१ बस्ने सुनिल दाहाल र विराटनगर–३ बस्ने अजय कुमार मण्डल रहेका छन् ।

    उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको इन्स्पेक्टर सरोज खनालको टोलीले सोमबार साँझ ७ बजे पक्राउ गरेको हो । 

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij