कुलमानलाई हटाएको विरुद्धमा अनेरास्ववियूले गर्यो ऊर्जामन्त्री खड्काको पुत्लादहन

कुलमानलाई हटाएको विरुद्धमा अनेरास्ववियूले गर्यो ऊर्जामन्त्री खड्काको पुत्लादहन

मंगलवार, चैत्र १२ २०८१
मंगलवार, चैत्र १२ २०८१
  • कुलमानलाई हटाएको विरुद्धमा अनेरास्ववियूले गर्यो ऊर्जामन्त्री खड्काको पुत्लादहन

    काठमाडौं ।  नेकपा एस निकट विद्यार्थी संगठन अनेरास्ववियूले ऊर्जामन्त्री दीपक खड्काको पुत्ला जलाएको छ ।सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विरोधमा अनेरास्ववियूले मन्त्री खड्काको पुत्ला जलाउँदै विरोध प्रदर्शन गरेको हो ।

    एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पस अगाडि प्रदर्शन गर्दै पुत्ला जलाएका हुन् ।

    प्रदर्शनमा सहभागीहरुले कुलमानको पक्षमा र सरकारको विपक्षमा नारा समेत लगाएका थिए । घिसिङलाई हटाएकोमा प्रमुख प्रतिपक्षी दल नेकपा ९माओवादी केन्द्र०, प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीले विरोध गरेका छन्। सत्तारूढ दलभित्रै पनि घिसिङलाई हटाइएका चर्को असन्तुष्टि छ।

    नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सार्वजनिकरूपमै सरकारको आलोचना गरेका छन्।

    मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij