सशस्त्रका इन्स्पेक्टर र हबल्दार पुर्पक्षका लागि थुनामा

सशस्त्रका इन्स्पेक्टर र हबल्दार पुर्पक्षका लागि थुनामा

मंगलवार, चैत्र १२ २०८१
मंगलवार, चैत्र १२ २०८१
  • सशस्त्रका इन्स्पेक्टर र हबल्दार पुर्पक्षका लागि थुनामा

    पोखरा । सशस्त्र प्रहरी बलका एक इन्स्पेक्टर र हबल्दार पुर्पक्षका लागि थुनामा पुगेका छन् । इन्स्पेक्टर सन्तोषी महतको मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहनमा संलग्न रहेको अभियोगमा उनीहरू थुनामा पुगेका हुन् ।

    महतलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा तनहुँको भानुस्थित सशस्त्रको नम्बर–२३ मनकामना गणका इन्स्पेक्टर विवेक जोशी र पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा कार्यरत हबल्दार रेशमबहादुर शाही पुर्पक्षका लागि थुनामा पुगेका हुन् ।

    कास्की जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासले सोमबार जोशी र शाहीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij