नेप्सेको सीईओमा नारद लुईंटेल नियुक्त

नेप्सेको सीईओमा नारद लुईंटेल नियुक्त

मंगलवार, चैत्र १२ २०८१
मंगलवार, चैत्र १२ २०८१
  • नेप्सेको सीईओमा नारद लुईंटेल नियुक्त

    काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)को सीईओमा नारद लुईंटेल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् वैठकले लुईंटेललाई  सीईओमा नियुक्त गरेको हो । 

    लुईंटेल तारागाउँ विकास समितिको पूर्वअध्यक्ष र सदस्य–सचिव हुन् । प्रेम आले पर्यटनमन्त्री भएका बेला उनले तारागाउँ विकास समितिको सदस्य–सचिवको जिम्मेवारी दोस्रोपटक पाएका थिए ।

    उनी नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान (नाथम)को कार्यकारी निर्देशक पनि भएका थिए । उनले नाथममा करिब सात महिना काम गरे । सुदन किराती पर्यटनमन्त्री भएको बेला उनले नाथमको कार्यकारी निर्देशकबाट राजीनामा दिएका हुन् ।

    लुईंटेलले त्रिभुवन विश्वविद्यालयबाट वाणिज्य विषयमा स्नातकोत्तर गरेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij