काठमाडौं । वीरेन्द्र कुमार यादव सचिवमा बढुवा भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रशासन सेवातर्फ रिक्त रहेको एक सचिव पदमा यादवलाई बढुवा गर्ने निर्णय गरेको हो ।
यसअघि लोकसेवा आयोगले यादव सहित तीन जनाको नाम सचिव बढुवाका लागि सिफारिस गरेको थियो ।