काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पदबाट हटाइएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको हो ।
कुलमानलाई पदबाट हटाएर नयाँ कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त गरिएको छ ।
यसअघि सरकारले घिसिङलाई कार्यसम्पादन मूल्यांकनका आधारमा पदबाट किन नहटाउने भन्दै तीन दिने स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण सोध्नुअघि ऊर्जा मन्त्रालयले घिसिङलाई कार्यसम्पादनमा शून्य नम्बर दिएको थियो ।
उनी २५ साउन २०७८ मा दोस्रो पटक कार्यकारी निर्देशक नियुक्त भएका थिए ।