वीरगञ्ज नाकाबाट १ खर्ब २२ अर्बको पेट्रोलियम पदार्थको आयात

वीरगञ्ज नाकाबाट १ खर्ब २२ अर्बको पेट्रोलियम पदार्थको आयात

सोमवार, चैत्र ११ २०८१
सोमवार, चैत्र ११ २०८१
  • वीरगञ्ज नाकाबाट १ खर्ब २२ अर्बको पेट्रोलियम पदार्थको आयात

    काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा वीरगञ्ज नाका भएर १ खर्ब २२ अर्ब २० करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको हो ।

    गत आर्थिक बर्षको आठ महिनाका तुलनामा चालु आर्थिक बर्षको सोही अवधिमा १ अर्ब ६७ करोड रुपैयाँ बढीको पेट्रोलियम पदार्थ आयात भएको हो । गत आर्थिक बर्षको आठ महिनामा १ खर्ब २० अर्ब ५३ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आर्थिक बर्षमा पेट्रोलियम पदार्थको आयात र राजस्व बढेको बताए ।

    “अहिले पूर्वाधार निर्माणको समय भएकाले पनि पेट्रोलियम पदार्थको आयात बढेको देखिन्छ”, उनले भने । कार्यालयका अनुसार, चालु आर्थिक बर्षको आठ महिनामा सबै खालका पेट्रोलियम पदार्थको आयातबाट ५० अर्ब १३ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । गत आर्थिक बर्षको सोही अवधिमा ४४ अर्ब ८० करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

    चालु आर्थिक बर्षको आठ महिनामा ६१ अर्ब ४५ करोड रुपैयाँ बराबरको छ लाख ८५ नौ सय ९१ किलोलिटर डिजेल आयातबाट २७ अर्ब ३१ करोड रुपैयाँ राजस्व सङ्कलन भएको प्रमुख भन्सार प्रशासक लामिछानेले बताए । यस्तै, चालु आर्थिक बर्षको आठ महिनामा २५ अर्ब ३० करोड रुपैयाँ मूल्यको दुई लाख ९० हजार तीन सय ८२ किलोलिटर पेट्रोल आयात हुँदा १६ अर्ब ४८ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

    चालु आर्थिक बर्षको आठ महिनामा २४ अर्ब ५ करोड रुपैयाँ मूल्य बराबरको २१ करोड ४२ हजार ७ सय ८१ किलोग्राम एलपिजी ग्यास आयात भएको छ । यसबाट ४ अर्ब ५० करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । गत आर्थिक बर्षको आठ महिनामा भने १९ अर्ब ५२ करोडको १८ करोड ६८ लाख १२ हजार १ सय २० किलोग्राम एलपिजी ग्यास आयात भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij