४ वटा निर्माण कम्पनी कालोसूचीमा, १ वर्षदेखि ३ वर्षसम्म सार्वजनिक खरिदमा सहभागी हुन नपाउने

४ वटा निर्माण कम्पनी कालोसूचीमा, १ वर्षदेखि ३ वर्षसम्म सार्वजनिक खरिदमा सहभागी हुन नपाउने

सोमवार, चैत्र ११ २०८१
सोमवार, चैत्र ११ २०८१
  • ४ वटा निर्माण कम्पनी कालोसूचीमा, १ वर्षदेखि ३ वर्षसम्म सार्वजनिक खरिदमा सहभागी हुन नपाउने

    काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले चार निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । एस.डी. कन्स्ट्रक्सन जनकपुर, अरनिको निर्माण कम्पनी काठमाडौं, मनकामना सप्लायर्स भोजपुर र आर.एस.ए. कन्स्ट्रक्सन काठमाडौंलाई कालोसूचीमा राखिएको हो ।

    ओम प्रकाश श्रेष्ठ मुख्य व्यक्ति रहेको अरनिको निर्माण सेवालाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ । यसैगरी रामशरण अधिकारी मुख्य व्यक्ति भएको आर.एस.ए. कन्स्ट्रक्सनलाई डेढ वर्षका लागि कालोसूचीमा राखिएको छ । 

    यसैगरी जिल्ला समन्वय समिति बाराको सिफारिसमा एस।डी कन्स्ट्रक्सनलाई र भोजपुरको पौवादुङ्मा गाउँपालिकाको सिफारिसमा मनकामना सप्लायर्सलाई एक–एक वर्ष कालोसूचीमा राखिएको छ ।

    निर्माणकार्यको जिम्मा लिने तर काम सन्तोषजनक नगर्ने कम्पनीहरुलाई कालोसूचीमा राख्ने गरिन्छ । कालोसूचीमा परेका कम्पनीहरुले कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउँदैनन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij