घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

सोमवार, चैत्र ११ २०८१
सोमवार, चैत्र ११ २०८१
  • घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । सोमबार छापावाला सुनको मूल्य १ लाख ७३ हजार ५ सय रुपैयाँमा रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

    आइतबार प्रतितोला १ लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ६ सय रुपैयाँले घटेर १ लाख ७३ हजार ५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

    त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी १ हजार ९ सय ८० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन पनि  चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij