रौतहटमा एसईई परीक्षा हलबाट १ हजार २३३ मोबाइल फोन र स्मार्टवाच बरामद

रौतहटमा एसईई परीक्षा हलबाट १ हजार २३३ मोबाइल फोन र स्मार्टवाच बरामद

सोमवार, चैत्र ११ २०८१
सोमवार, चैत्र ११ २०८१
  • रौतहटमा एसईई परीक्षा हलबाट १ हजार २३३ मोबाइल फोन र स्मार्टवाच बरामद

    रौतहट । माध्यमिक शिक्षा परीक्षा (एसइई)  परिक्षाका क्रममा रौतहटबाट तीन दिनमा १ हजार २३३ मोबाइल फोन र स्मार्टवाच बरामद भएको छ । परीक्षाको पहिलो दिनमै कडा सुरक्षा जाँच गर्दा परीक्षार्थीले चिट चोर्न प्रयोग गरेका ४२४ वटा मोबाइल बरामद भएका थिए। 

    यमुनामाई गाउँपालिका–५ स्थित श्री यमुनामाई माध्यमिक विद्यालय, झुन्खुन्वा परीक्षा केन्द्रका एक परीक्षा निरीक्षक परीक्षार्थीबाट रकम लिएर मोबाइल भित्र्याएको आरोपमा पक्राउ परेका छन्। 

    त्यस्तै, मौलापुर नगरपालिका–५ स्थित श्री लक्ष्मिनिया मावि, मौलापुर परीक्षा केन्द्रमा बाहिरबाट चिट ओसारपसारमा संलग्न एक व्यक्ति पक्राउ परेका छन्। 

    पक्राउ परेका दुवै जनालाई जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान अघि बढाइएकोप्रहरीले जनाएको छ।  

    परीक्षाको दोस्रो दिन थप ३४० मोबाइल फोन र २ वटा स्मार्टवाच बरामद भएको छ। परीक्षामा मोबाइल प्रयोग गरेर चिट चोर्ने प्रयास भएपछि नियन्त्रणमा लिएको हो।  

    त्यसै क्रममा परीक्षामा परीक्षार्थीलाई सहयोग गरेको अभियोगमा दुईजना गार्डलाई निलम्बन गरिएको छ । परीक्षाको तेस्रो दिन पनि कडाइ कायमै राख्दा जिल्लाभरका विभिन्न परीक्षा केन्द्रहरुबाट ४६९ मोबाइल बरामद भएका छन्।  

    परीक्षा निरीक्षकलेनै परीक्षार्थीलाई चिट चोर्न सहयोग गरेको खुलेको छ। प्रश्नपत्रका उत्तर बोलेर लेख्न लगाउनमा संलग्न दुईजना गार्डलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । 

    गएका वर्षहरुमा सामाजिक सञ्जालमार्फत चिट व्यापक बनेपछि यसपटक प्रशासनले निगरानी थप कडा पारेको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij