काठमाडौं । काठमाडौंको अमृत साइन्स (अस्कल) क्याम्पसको स्ववियु निर्वाचनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को प्यानलै विजयी भएको छ ।
त्रिविको आंगिकमध्येको अस्कल क्याम्पसमा आइतबार विद्युतीय उपकरणमार्फत् भएको मतदानमा अनेरास्ववियुका रुद्रहरि पोखरेलको प्यानल नै निर्वाचित भएको हो।
स्ववियु अध्यक्षमा पोखरेलले माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका विश्राम शर्मा पौडेललाई ३२६ मतान्तरले पराजित गरेका हुन्।
त्यस्तै सचिवमा गोपालबहादुर शाही र कोषाध्यक्षमा विवेक कोइराला निर्वाचित भएका छन्। आइतबार बिहान भएको निर्वाचन १ हजार २ सय ९१ जना मतदाता सहभागी भएका थिए ।