घरमा बाल्न भन्दै काठमाडौंको सडक बत्ती चोर्ने पक्राउ

घरमा बाल्न भन्दै काठमाडौंको सडक बत्ती चोर्ने पक्राउ

आइतवार, चैत्र १० २०८१
आइतवार, चैत्र १० २०८१
  • घरमा बाल्न भन्दै काठमाडौंको सडक बत्ती चोर्ने पक्राउ

     काठमाडौं । काठमाडौं महानगरपालिकाका सडक बत्ती चोरी गर्दागर्दै महानर प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा दोलखाको भीमेश्वर नगरपालिका–८ घर भइ कागेश्वरी मनोहरा नगरपालिका–७ काँडाघारी बस्ने ३४ वर्षीय सुदीप बस्ने छन् । उनीविरुद्ध चोरीको कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दासमेत दर्ता भएको छ । 

    कोटेश्वर एरियाका सडक बत्ती तथा ट्राफिक आइल्याण्डमा जडान गरिएका बत्तीहरु हराउन थालेका थिए । सडक बत्ती बारम्बार हराउन थालेपछि महानर प्रहरीबले निगरानी बढाएको थियो ।

    सोही क्रममा बत्ती चोर्दै गरेको अवस्थामा बस्नेतलाई पक्राउ गरिएको महानर प्रहरी बलको पत्रमा उल्लेख छ । महानगर प्रहरीले बलले प्रहरीमा दिएको जाहेरी अनुसार उनलाई  फागुन १५ गते पक्राउ गरिएको हो ।

    कोटेश्वर–बालकुमारी सडकको लेनको बीच भागमा रोपिएका बिरुवाका लागि लगाइएको बत्ती चोरी भएको बताइएको छ ।

    चोरी आरोपमा पक्राउ परेका बस्नेतले पनि चोरी गरेको विषय स्वीकार गरेका छन् । उक्त बल्बको मूल्य चार हजार ३५८ रुपैयाँ रहेको महानगरले जनाएको छ । 

    उनी विरुद्ध महानगरले मुलुकी अपराध संहिता २७४ को दफा २४१ (१) बमोजिम २ वर्षदेखि ७ वर्षसम्म कैद सजाय वा २० हजार रुपैयाँ जरिवाना हुनुपर्ने मागसहित काठमाडौँ जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको छ ।

    बस्नेतले आफूलाई बल्ब राम्रो लागेपछि घरमा लागेर बाल्छु भनेर चोरी गरेको स्वीकार गरेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij