काठमाडौं । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको बगनासकाली गाउँपालिका वार्ड ५ कालीगण्डकी नदीमा नुहाउने क्रममा डुबेर ४ दिनअघि बेपत्ता भारतीय नागरिक आइतबार मृत अवस्थामा फेला परेका छन् ।
भारतको उत्तर प्रदेश गोरखपुर घर भएका २५ वर्षीय शिवम् पाण्डे नुहाउने क्रममा बुधवार दिउँसोदेखि बेपत्ता भएका थिए ।
पाल्पाको बगनासकाली गाउँपालिका–५, राम्दी स्थित काली गण्डकी नदीमा नुहाउने क्रममा पाण्डेय बेपत्ता भएका पाण्डेको शव राम्दी घाटदेखि झन्डै एक किलोमिटर तल्लो भागमा बगेको अवस्थामा भेटिएको हो ।
पाण्डे तीन जना साथीसँग नेपाल घुम्न आएका थिए । शवलाई जिल्ला अस्पताल पाल्पा पठाएको छ । प्रहरीले घटनाको बारे थप अनुसन्धान सुरु भएको जनाएको छ ।