काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको घटनासम्वन्धी अनुसन्धानमा सीबीआईले अदालतमा क्लोजर रिपोर्ट दर्ता गरेको छ । भारतीय सञ्चारमाध्यम आजतकका अनुसार करिव ५ बर्षमा सीबीआई क्लोजर रिपोर्ट निकालेको हो ।
उक्त रिपोर्टमा आत्महत्याको लागि सुशान्तलाई उकास्ने कुनै प्रमाण नभएको उल्लेख छ। यसअघि एम्सको टिमले पनि आफ्नो रिपोर्टमा यही निष्कर्ष निकालेको थियो।
सुशान्त सिंह राजपूत १४ जून २०२० मा बान्द्रामा आफ्नो घरमा मृत फेला परेका थिए। यस मामिला रिया चक्रवर्ती २७ दिन जेलमा बसेकी थिइन्। सुशान्तकी प्रेमिका रिया चक्रवर्तीलाई यो मुद्दामा ‘क्लिन चिट’ दिइएको छ ।
अनुसन्धानमा रियाविरुद्ध कुनै प्रमाण फेला नपरेको भनिएको छ । अभिनेता राजपुत १४ जुन २०२० मा बान्द्रास्थित घरमा मृत फेला परेका थिए । मिडिया र विपक्षी दलको दबाबका कारण यस प्रकरणको अनुसन्धान सीबीआईलाई सुम्पिएको थियो । प्रतिवेदनमा मृत्युको वास्तविक कारण ‘आत्महत्या’ भएको उल्लेख गरिएको छ ।
सुशान्तका बुबा केके सिंहले रियाविरुद्ध आत्महत्याका लागि उक्साएको, ठगी र पैसाको दुरुपयोग गरेको आरोप लगाएका थिए । रियाले पनि उजुरीमा सुशान्तको परिवारमाथि मानसिक उत्पीडनको आरोप लगाएकी थिइन् ।
सुशान्तको मृत्यु हुनुभन्दा केही दिनअघि ८ जुन २०२० मा मुम्बईको मलाडस्थित एउटा भवनको १४ औं तलाबाट खसेर उनको म्यानेजर दिशा सालियनको मृत्यु भएको थियो । यी दुवैको मृत्यु शंकास्पद मानिएको छ । अब यो प्रतिवेदन स्वीकृत गर्ने वा थप अनुसन्धानको आदेश दिने भन्ने निर्णय अदालतले गर्नेछ ।
के हो क्लोजर रिपोर्ट ?
जब कुनै अनुसन्धान निकाय (पुलिस वा सिबिआई) ले कुनै मुद्दाको अनुसन्धान पूरा गर्छ र अनुसन्धान गर्नका लागि पर्याप्त प्रमाणहरू फेला नपरेको ठहर गर्छ, त्यसपछि अदालतसमक्ष पेश गरिने प्रतिवेदनलाई 'क्लोजर रिपोर्ट' भनिन्छ।
भारतीय दण्ड प्रक्रिया संहिता (सीआरपीसी) को दफा १६९ अन्तर्गत यस्तो रिपोर्टको व्यवस्था गरिएको छ। यस रिपोर्टमा अनुसन्धान अधिकारीहरूले प्रमाण र सोधपुछका आधारमा प्राप्त निष्कर्षहरू प्रस्तुत गर्छन् र घटनाको पछाडिको कारण उल्लेख गर्छन्।