भक्तपुर। भक्तपुरमा एक जना मृत अवस्थामा फेला परेका छन । आइतबार बिहान मध्यपुर ठिमी नगरपालिका– ९ बोडे निलबाराहीस्थित पिकनिक स्पटको पार्किङमा एक जना पुरूष मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डिराज नेउपानेका अनुसार, खोटाङ केपिलासगढी गाउँपालिका–२ घर भई बोडे बस्ने ६६ वर्षीय ओमप्रकाश राई मृत अवस्थामा फेला परेका हुन् ।
आफन्तका अनुसार राई कवाडी सामान टिप्ने काम गर्थे। राइको दाइने कानको छेउ र टाउकोमा चोट देखिएका कारण हत्या भएको हुन सक्ने आशंका गरिएको छ।
घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।