गत वर्ष विश्वभर करिब ९ हजार जनाले आप्रवासनका क्रममा ज्यान गुमाए

गत वर्ष विश्वभर करिब ९ हजार जनाले आप्रवासनका क्रममा ज्यान गुमाए

आइतवार, चैत्र १० २०८१
आइतवार, चैत्र १० २०८१
  • गत वर्ष विश्वभर करिब ९ हजार जनाले आप्रवासनका क्रममा ज्यान गुमाए

    काठमाडौं । आप्रवासीका लागि गएको वर्ष सबैभन्दा खराब रहेको र विश्वभर झन्डै नौ हजारले आप्रवासनका क्रममा ज्यान गुमाएका संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सन् २०२४ मा विश्वभर आप्रवासनका क्रममा आठ हजार नौ सय ३८ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनले उल्लेख गरेको छ ।

    अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) का उपनिर्देशक उगोची डेनियल्सले विश्वव्यापी आप्रवासीको मृत्युको बढ्दो सङ्ख्या असह्य रहेको बताउनुभयो । सन् २०२४ मा एशियामा दुई हजार सात सय ७८, अफ्रिकामा दुई हजार दुई सय ४२ र युरोपमा दुई सय ३३ जनाको ज्यान गएको थियो ।

    युरोप पुग्न चाहनेहरूका लागि मुख्य प्रवेशद्वार भूमध्य सागरमा दुई हजार चार सय ५२ जनाको ज्यान गएको आईओएमलाई उद्धित गरी समाचार संस्था एएफपीले जनाएको छ । अमेरिका पुग्न चाहने मानिसको अनौपचारिक तथ्याङ्कअनुसार कम्तीमा एक हजार दुई सय ३३ जनाले ज्यान गुमाएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij