अमेरिकाका सर्वाधिक अग्ला जर्ज वेलको निधन

अमेरिकाका सर्वाधिक अग्ला जर्ज वेलको निधन

शनिवार, चैत्र ९ २०८१
शनिवार, चैत्र ९ २०८१
  • अमेरिकाका सर्वाधिक अग्ला जर्ज वेलको निधन

    अमेरिका । अमेरिकाका सर्वाधिक अग्ला मानिसको निधन भएको छ । नर्थ क्यारोलिनाको डुराममा परिवारसँग बसोबास गर्दै आएका जर्ज वेलको ६७ वर्षको उमेरमा बिहीवार निधन भएको हो । परिवार र आफन्तहरुको साथमा नै उनको निधन भएको समाचार माध्यमहरूमा जनाइएको छ ।

    वेल सात फिट आठ इन्च अग्ला थिए । के कारणले उनको निधन भएको हो, हालसम्म खुलाइएको छैन । अमेरिकाका राष्ट्रिय र स्थानीय माध्यमहरूले प्राथमिकताका साथ वेलको निधनको समाचार प्रसारण गरेका छन् । अमेरिकन हरर स्टोरीलगायत थुप्रै सिनेमामा भूमिका निर्वाह गरेका कलाकार तथा भर्जिनिया राज्यको नरफोक काउन्टीको प्रहरी उपप्रमुख वेललाई विशाल शरीर भएका भद्र मानिसका रूपमा चिनिन्थे ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij