१० जनालाई जनही ५ लाखकाे प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार

१० जनालाई जनही ५ लाखकाे प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार

शनिवार, चैत्र ९ २०८१
शनिवार, चैत्र ९ २०८१
  • १० जनालाई जनही ५ लाखकाे प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार

    काठमाडौं । प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभिन्न क्षेत्रका १० व्यक्ति पुरस्कृत भएका छन् । विभिन्न क्षेत्रमा मुलुकका लागि उत्कृष्ट याेगदान गर्ने १० जनालाई जनही पाँच लाख रूपैयाँ सहित पुरस्कृत गरिएको हाे । 

    विज्ञान प्रविधि नवप्रवर्तनतर्फबाट पुरस्कृत हुनेमा डा विराजसिंह थापा रहेका छन् । उनले नेपालमा ग्रीन हाइड्रोजनकाे सम्भावना र बिकासका क्षेत्रमा महत्त्वपूर्ण याेगदान पुर्याएका छन् । थापाकै पहलमा काठमाडौ विश्वविधालयमा ग्रीन हाइड्रोजन ल्याव मात्र स्थापना गरिएकाे छैन । हाइड्रोजन गाडी र त्यसलाई सञ्चालन गर्न हाइड्रोजन उत्पादन समेत गरिएको छ । 

    नेपाल सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने प्रतिभाशाली व्यक्तिलाई साे पुरस्कार प्रदान गरिएको हाे । 
      
    प्रधानमन्त्री ओलीसँगै प्रथम महिला राधिका शाक्य, उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा साे पुरस्कार प्रधान गरेका थिए ।

    पुरस्कृत हुनेमा टेलिमेडिसिनतर्फ डा छिरिङ लामा (सिन्धुपाल्चोक), विज्ञान प्रविधि नवप्रवर्तनतर्फ डा विराजसिंह थापा (मोरङ), कीर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठ (गोरखा), विज्ञान प्रविधितर्फ डा आभास मास्के (काठमाडौँ) र हरिराम श्रेष्ठ (गोरखा) रहेका छन् । यस्तै चिकित्सा क्षेत्रतर्फ डा ओममूर्ति अनिल (महोत्तरी), खेलकुदतर्फ सावित्रा भण्डारी साम्बा (लमजुङ), सम्पदा संरक्षणतर्फ रवीन्द्र पुरी (भक्तपुर), समाजसेवातर्फ दिलशोभा श्रेष्ठ (काठमाडौं) र रामजी अधिकारी (गोरखा) पुरस्कृत भएका छन्।

    नवप्रवर्तन क्षेत्रका प्रतिभावान नागरिकलाई प्रोत्साहन गर्न २०७५ मङ्सिर १७ गतेको मन्त्रिपरिषद् बैठकले साे पुरस्कार स्थापना गर्ने निर्णय गरेको थियो । त्यसबेला प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरिया सरकारबाट प्राप्त एक लाख अमेरिकी डलरमा नेपाल सरकारबाट सोही बराबरको रकम थप गरी पुरस्कार कोष स्थापना गरिएको थियो ।

    साे कोषबाट प्रत्येक वर्ष दुई जना प्रतिभालाई जनही पाँच लाख राशिको पुरस्कार प्रदान गर्ने निर्णय भएको थियो । २०७६ सालमा पहिलो पटक दुई विधाका तीन प्रतिभालाई पुरस्कार प्रदान गरिएकामा त्यसपछि कोरोना महामारीका कारण पुरस्कार वितरण हुन सकेको थिएन । अहिले पाँच वर्षको पुरस्कार एकैपटक प्रदान गरिएको हो ।

    Puraskrit Biraj Thapa.jpg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij