दलितको घर भत्काएको आरोपमा गाउँपालिका अध्यक्ष र पूर्व वडाध्यक्ष पक्राउ

दलितको घर भत्काएको आरोपमा गाउँपालिका अध्यक्ष र पूर्व वडाध्यक्ष पक्राउ

शुक्रवार, चैत्र ८ २०८१
शुक्रवार, चैत्र ८ २०८१
  • दलितको घर भत्काएको आरोपमा गाउँपालिका अध्यक्ष र पूर्व वडाध्यक्ष पक्राउ

    काठमाडौं । सिराहामा औरही गाउँपालिका-५ का दीपक मल्लिकको घर भत्काएको आरोपमा पालिका अध्यक्ष र पूर्ववडाअध्यक्ष पक्राउ परेका छन्। 

    पालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलिप यादवलाई जिल्ला प्रहरी सिराहाले शुक्रबार साँझ पक्राउ गरेको हो। 

    उनीहरूलाई महायज्ञ गर्न मल्लिकको घर हटाएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    आजै (शुक्रबार) नै सिराहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल गृह मन्त्रालय तानिएका छ। शुक्रबार बिहान मन्त्रालयले दाहाललाई गृहमा तानेर अर्को सिडिओ पठाएको हो।

    कपिलवस्तुमा रहेका विश्वप्रकाश अर्याललाई सिराहा पठाइएको छ । औरही गाउँपालिका वडा नम्बर ५ मा दीपक मल्लिकको घर भत्काइएको घटनामा हेलचक्र्याइँ गरेको भन्दै दाहाललाई मन्त्रालय तानेको छ । 

    गएराति गृहमन्त्री रमेशले यस घटनाको छानबिन गर्न आइजिपी दीपक थापालाई निर्देशनसमेत दिएका थिए। गाउँमा चैत १७ गतेदेखि महायज्ञ हुन लागेको छ। उनीहरूको घर भत्काइएकै ठाउँमा महायज्ञ गर्न लागेपछि यसबारे सर्वत्र विरोध भइरहेको हो।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij