दलितको घर भत्काएको विरोधमा माइतीघरमा प्रदर्शन, निषेधित क्षेत्र ताेड्ने प्रयास

दलितको घर भत्काएको विरोधमा माइतीघरमा प्रदर्शन, निषेधित क्षेत्र ताेड्ने प्रयास

शुक्रवार, चैत्र ८ २०८१
शुक्रवार, चैत्र ८ २०८१
  • दलितको घर भत्काएको विरोधमा माइतीघरमा प्रदर्शन, निषेधित क्षेत्र ताेड्ने प्रयास

    काठमाडौं । दलित समुदायका सरोकार र सवालमा विभिन्न मागसहित दलितका लागि दलित अभियानले बानेश्वरमा प्रदर्शन गरेको छ । शुक्रबार बानेश्वरमा दलित अभियन्ताहरुले प्रदर्शन गरेका हुन् ।  

    ‘दलितलाई खै’ भनि लेखिएको नारासहित अर्धनग्नसमेत बनेर प्रदर्शनमा सहभागी भएकाहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि केहीबेर तनावको स्थिति समेत बनेको थियो । 

    सिरहामा दलीत बस्तीमा डोजर चलाइएको, जातीय विभेद नरोकिएको भन्दै दलित अभियन्ता खगेन्द्र सुनारलगायतको समूहले विरोध जनाएको थियो ।

    सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच निषेधित क्षेत्रमा केहीबेर धकेलाधकेल भएको हो । माइतीघरदेखि बानेश्वरसम्म उनीहरूले प्रदर्शन गरेका हुन् ।

    सिराहाका औरही गाउँपालिका–५ मा दीपक मल्लिकको घर भत्काएर महायज्ञ गर्न लागेको भन्दै विरोध हुँदै आएको छ । यसबारेमा छानबिन गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन समेत दिएको छ । त्यस्तै सिराहाका सिडिओ बासुदेव दाहाललाई पनि गृह मन्त्रालयमा तानेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij