काठमाडौं । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन प्रकरणमा ६० लाख धरौटी माग्ने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध रविले पुनरावेदन गरेका छन् ।
गत माघ ३ गते न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले रविलाई ६० लाख धरौटी लिएर थुनामुक्त गर्न आदेश दिएको थियो । उक्त धरौटी मागको आदेश बदर गरी तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाऊँ भनी लामिछानेले दफा ७३ बमोजिम पाटन उच्च अदालतमा निवेदन गरेका हुन् ।
उनले आफूलाई साधारण तारेखमा रिहा गर्नुपर्ने माग गरेका छन् । लामिछानेले कास्की र रुपन्देही जिल्ला अदालतको धरौटी आदेशविरुद्ध यसअघि नै पुनरावेदन दर्ता गराइसकेका छन् ।